Skip to content

नेरुडे मिर्मिरे लघुवित्तले हकप्रद सेयर निष्कासन गर्ने, कहिले बस्दैछ साधारण सभा?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न उन्नाइसौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिका असार १० गते बसेको ३९६औँ बैठकले आगामी असार ३२ गते बिहीबार बिहान ११ बजे भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङक्वेटमा वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा विशेष प्रस्तावअन्तर्गत नियामक निकायको स्वीकृतिपछि हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार २७२.८८ रुपैयाँको १ः०.२५ अनुपातमा २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। यसअनुसार संस्थाले ३४ करोड ९४ लाख ४१ हजार ६८.२२ रुपैयाँ बराबरको ३४ लाख ९४ हजार ४१०.६८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाा अंकित मूल्यमा हकप्रद सेयर निष्कासन गर्ने योजना अघि बढाएको हो ।

यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आवश्यक परे नियामक निकायको निर्देशनअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा अन्य ‘घ’ वर्गका लघुवित्त संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी दिने तथा संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त गरिएको एक जना सञ्चालकको अनुमोदन गर्ने कार्यसूची पनि समेटिएको छ।

सभा प्रयोजनका लागि संस्थाले असार १९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। त्यसअनुसार असार १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi