काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार मापन गर्ने सूचक ८.७८ अंक बढेर परिसूचक २६६१.७१ बिन्दु कायम भएको छ ।
बजारमा सेन्सेटिभ इण्डेक्स ३.८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक रहेको छ । बजारमा सामान्य सुधार आउँदा बैंकिंङ उपसमूहको उपसूचकमा सुधार देखिएका छ । जसले बजार सुधार आएको छ ।
बैंकिङ समूहको समूहको उपसूचक २.०४ प्रतिशत बढेको छ भने वित्त, जीवन बीमा, लघुवित्त समूहको उपसूचक बढेको छ । कारोबारमा ३५९ कम्पनीको ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँको ८९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ ।
कारोबारमा अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक पहिलो स्थानमा रहेको छ । कम्पनीको ४१ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्