काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक भएको छ ।
आज बसेको बैठकले सरुवादेखि विभिन्न नियुक्त समेत गरेको छ ।
आज बसेको बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त कुरा बताए ।
बैठकले सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्त गरेको छ ।
यस्तै बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
यस्तै शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै आजको बैठकले गोरखापत्र संस्थानको महाप्रवन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ ।
यस्तै अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्