Skip to content

एलजीले नेपालमा ल्यायो एसेन्सियल सिरिज, फ्रिजदेखि एसीसम्म नयाँ घरेलु उपकरण

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ घरेलु उपकरण श्रृंखला एलजी एसेन्सियल सिरिजु सार्वजनिक गरेको छ। भरतपुरस्थित विवान्ता होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच यस श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

कम्पनीले हरेक घरको खुशी, घर(घरमा एलजी अभियानअन्तर्गत यो नयाँ एसेन्सियल सिरिज बजारमा ल्याएको जनाएको छ। आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेर डिजाइन गरिएका यी उत्पादनहरूले नेपाली परिवारको दैनिक आवश्यकतालाई सम्बोधन गर्दै गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास कम्पनीले लिएको छ।

यस नयाँ श्रृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल(डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप(लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनरहरू समावेश गरिएका छन्।

नयाँ रेफ्रिजरेटरमा फ्रोस्ट–फ्री प्रविधि रहेको छ, जसले म्यानुअल रूपमा बरफ पगाल्नुपर्ने झन्झटलाई हटाउँछ। यसमा रहेको स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ। साथै, नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राख्दै यसमा अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता प्रदान गरिएको छ।

त्यस्तै, नेपालको विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बिएमसी कभर तथा आइपिएक्सफोर प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू छन्। यसमा रहेको लो–प्रेशर फिल प्रविधिले पानीको कम चाप भएको अवस्थामा पनि प्रभावकारी रूपमा कपडा धुन मद्दत गर्दछ।

यसैगरी, ऊर्जा(दक्ष प्रविधिसहितको नयाँ रूम एयर कन्डिसनरले जाडो र गर्मी दुवै मौसममा प्रभावकारी कुलिङ तथा हिटिङ सुविधा प्रदान गर्दछ। परम्परागत नन(इन्भर्टर एयर कन्डिसनरको तुलनामा निकै कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आरथर्टीटु रेफ्रिजेरेन्ट प्रयोग गरिएको छ। न्यून ध्वनिमा सञ्चालन हुने भएकाले यसले प्रयोगकर्तालाई थप आरामदायी अनुभव दिने बताइएको छ।

नेपालभर जुन २०२३ देखि बिक्री वितरण सुरु भइसकेको यस एसेन्सियल सिरिजका प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। यी उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि(ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ–कमर्स प्लेटफर्महरू मार्फत खरिद गर्न सकिनेछ।

नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक सीजी कर्प ग्लोबल अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स हो। एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँगको चार दशकभन्दा लामो सहकार्यमार्फत सीजी इलेक्ट्रोनिक्सले एलजीलाई नेपालको अग्रणी तथा विश्वासिलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

विश्वव्यापी रूपमा घरेलु उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी रहेको एलजी इलेक्ट्रोनिक्स आफ्ना नवीन र ऊर्जा–दक्ष उत्पादनका लागि चिनिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi