Skip to content

मेलम्चीको मुहानमा बाढी पसेपछि पानी बन्द गरियो

काठमाडौं । बिहीबारको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि पानी आपूर्ति बन्द गरिएको छ । मुहानमा लेदोसहितको बाढी आएपछि काठमाडौंमा पानीको आपूर्ति बन्द गरिएको आयोजनाले जनाएको छ ।

पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजल प्रशोधन केन्द्रमा पानी पठाउन नसकिएको आयोजनाले उल्लेख गरेको छ । आयोजनाका अनुसार, पानी सफा हुनासाथ वितरण तालिकाअनुसार आपूर्ति सुचारु हुनेछ । निरन्तर वर्षा भइरहेमा भने पानी आउन केही दिन ढिलो हुन सक्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi