काठमाडौं । यामाहा नेपालले आफ्नो ७१औँ वार्षिकोत्सव देशभर विभिन्न सामाजिक तथा ग्राहकमुखी कार्यक्रम आयोजना गरी मनाएको छ। हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’का रूपमा मनाउँदै आएको यामाहाले यस वर्ष नेपालका सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर तथा समुदायको सहभागितामा विविध कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा देशभर रहेका शोरुम तथा डिलरशिपमा केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो। कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्याएका कर्मचारीलाई सम्मान गरिएको थियो भने देशभरका १०० भन्दा बढी डिलरले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए।
ग्राहकका लागि सेवा केन्द्रहरूमा श्रम शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो। ‘७ प्रदेश, ७ ग्राहक’ अभियानअन्तर्गत प्रत्येक प्रदेशका एक–एक जना ग्राहकलाई सेवा शुल्कमा शतप्रतिशत नगद फिर्ता प्रदान गरिएको कम्पनीले जनाएको छ। साथै, जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव उपहारसमेत प्रदान गरिएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त अभियानबाट करिब ३५० युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ। विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
यामाहा पर्साले खैरहनीस्थित धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ। यसका साथै, लामो समयदेखि यामाहा सवारीसाधन प्रयोग गर्दै आएका ग्राहक, लामो दूरी तय गरेका राइडर, पुराना सवारी व्यवसायी तथा मेकानिकलाई सम्मान गरिएको थियो।
एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४०० परिवारको रोजगारीसँग जोडिएको उल्लेख गर्दै कम्पनीले समुदायसँगको सहकार्यलाई निरन्तरता दिएको बताए। उनका अनुसार ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण तथा परोपकारी गतिविधिमार्फत कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ।
वार्षिकोत्सवका अवसरमा काठमाडौंमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने अभियान सञ्चालन गर्नुका साथै ब्लू स्ट्रिक्स राइडिङ कम्युनिटीमार्फत बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड पनि आयोजना गरिएको थियो।
एमएडब्लू ग्रुपअन्तर्गत सञ्चालित यामाहा नेपालले अत्याधुनिक जापानी प्रविधि, विश्वसनीयता तथा उत्कृष्ट बिक्रीपछिको सेवामार्फत नेपाली दुईपांग्रे सवारी बजारमा आफ्नो अग्रणी उपस्थिति कायम राख्दै आएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्