Skip to content

ठगीको अभियोगमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जयकुमार पक्राउ परेका छन् ।

अभियुक्त एक जना बेरोजगारबाट रु नौ लाख ८० हजार लिएर सम्पर्कविहीन भएका थिए । निजविरुद्ध पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi