Skip to content

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डेपुटी सीईओका लागि खुलायो आवेदन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदका लागि आवेदन खुलाएको छ। कम्पनीले योग्य, अनुभवी तथा नतिजामुखी नेपाली पेशेवरहरूबाट आवेदन आह्वान गरेको हो।
कम्पनीका अनुसार डेपुटी सीईओले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कम्पनीको रणनीतिक तथा व्यावसायिक योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्नेछन्। साथै व्यवसाय विस्तार, सञ्चालन दक्षता, संस्थागत विकास, अन्डरराइटिङ, दाबी व्यवस्थापन, जोखिम व्यवस्थापन, नियामकीय अनुपालन तथा ग्राहक सेवा सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ।
डिजिटल रूपान्तरण, प्रक्रिया सुधार, नवप्रवर्तन र सुशासन प्रवर्द्धनका साथै कम्पनीका वित्तीय तथा सञ्चालनसम्बन्धी लक्ष्य हासिल गर्न पनि डेपुटी सीईओले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।
यस पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, व्यवसाय प्रशासन, अर्थशास्त्र, बीमा वा वित्त विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै बीमा, बैंकिङ वा वित्तीय सेवा क्षेत्रमा कम्तीमा १५ वर्षको व्यावसायिक अनुभव तथा त्यसमध्ये कम्तीमा पाँच वर्ष वरिष्ठ व्यवस्थापन वा नेतृत्व तहमा कार्य गरेको अनुभव अनिवार्य गरिएको छ।
इच्छुक उम्मेदवारले आवेदन पत्र, अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र तथा अन्य सम्बन्धित कागजातसहितमा आगामी असार ३२ गते (जुलाई १६, २०२६) कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन्।
कम्पनीले न्यूनतम योग्यता पूरा गरेकै आधारमा उम्मेदवार अन्तर्वार्ताका लागि छनोट वा नियुक्ति हुने सुनिश्चितता नरहने स्पष्ट गरेको छ। साथै भर्ती प्रक्रिया आवश्यकताअनुसार रद्द, स्थगित वा परिमार्जन गर्ने तथा कुनै वा सबै आवेदन अस्वीकार गर्ने अधिकार कम्पनीमा सुरक्षित रहेको जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T