काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलका अनुसार बैंकिङ क्षेत्रलाई व्यवसायको आकार र प्रकृतिका आधारमा पुनर्संरचना गर्दै विशिष्टीकृत सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाइनेछ। यसअन्तर्गत बैंक तथा वित्तीय संस्थालाई उनीहरूले लक्षित गर्ने ग्राहक, व्यवसायको आकार तथा सेवा क्षेत्रअनुसार वर्गीकरण गरिनेछ।
राष्ट्र बैंकले यस्तो व्यवस्थामार्फत साना, मझौला तथा ठूला व्यवसायका लागि आवश्यकताअनुसारको बैंकिङ सेवा विकास गर्ने, वित्तीय पहुँच विस्तार गर्ने तथा बैंकिङ प्रणालीलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्