Skip to content

वाणिज्य बैंकले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न दिने व्यवस्था गर्ने भएको छ। आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था घोषणा गरिएको हो।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा खरिदमार्फत बैंकिङ प्रणालीमा आउने अतिरिक्त तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ। साथै विदेशी मुद्रा खरिदकै समयमा ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गर्ने नीतिगत व्यवस्था पनि लागू गरिनेछ।

मौद्रिक नीतिमा भनिएको छ, “विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनुका साथै विदेशी मुद्रा खरिदकै बखत स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने नीतिगत व्यवस्था गरिनेछ।”

यो व्यवस्थाले बैंकिङ प्रणालीमा आवश्यकता भन्दा बढी हुने तरलतालाई व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैंकहरूले स्वदेशमा मात्र लगानी सीमित राख्नुपर्ने अवस्थाको सट्टा सुरक्षित मानिने विदेशी सरकारी ऋणपत्रमा लगानी गर्ने अवसर पाउनेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi