काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको भोलीपल्ट बजार राताम्मे भएको छ ।
बजारले मौद्रिक नीतिलाई नरुचाएका कारण बजार राताम्मे भएको छ । यो सरकार बनेयता बजार निकै निरासामा छ । निजी क्षेत्र उत्साहित हुन सकेको छैन ।
आज प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रलाई बोलाएर उनीहरुले भोगिरहेको व्यवहारिक समस्या समाधान गर्ने आश्वासन दिए । त्यो पनि बजार पत्याएको छैन ।
निजी क्षेत्र लगानी गर्ने वातावरण चाहियो, राज्यले पहिला सुन्ने अनी थुन्ने नीति लिनु पर्यो भन्ने पक्षमा छन् । सरकारले उद्योगी व्यवसायीलाई पक्राउ गर्न, मुद्दा लगाउन पाएको खण्डमा सफलता ठानिरहेको छ । त्यसले पनि बजारमा गिरावट आइरहेको बताइन्छ ।
आज बजार मापन गर्ने सूचक ३०.०९ अंकले घटेर परिसूचक २६२१.५९ बिन्दु कायम भएको छ ।
३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक आज सर्वाधिक १.७० प्रतिशत घटेको छ।
आज मूल्य बढेका कम्पनीहरुको वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक १३.४१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज ‘११ प्रतिशत केबिएल डिबेञ्चर २०८९’ शीर्ष स्थानमा रहेको छ। आज ६२ करोड ३९ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।









प्रतिक्रिया दिनुहोस्