Skip to content
Prabhu

साताको सेयरः सामान्य अंकले बढ्यो परिसूचक, औसत कारोबार रकममा गिरावट

 

काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य अंक बढेको छ । यो साताको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८ दशमलव २५ अंकले बढेको हो ।

गत साताको अन्तिम कारोबार दिन २०६९ दशमलव ५३ विन्दुमा बन्द भएको सेयर बजार यो साताको कारोबार बन्द हुँदा २०७७ दशमलव ७८ विन्दुमा पुगेको छ । यो साताको पाँच कारोबार दिनमध्ये सेयर बजार २ दिन बढेको थियो भने ३ दिन घटेको थियो । यो साताको पहिलो दिन आइतबार र तेस्रो दिन मंगलबार नेप्से बढेको थियो । अन्य दिनहरुमा नेप्से सामान्य अंकले घटेको थियो ।

यो साताको कारोबार बन्द हुँदा सेन्सेटिभ इण्डेक्स ० दशमलव १५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव १४ अंक बढेको छ ।

नेप्से बढे पनि साता दैनिक औषत कारोबार रकम भने गिरावट आएको छ । गत साता दैनिक औसतमा ४ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ४ अर्ब १६ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम २.९४ प्रतिशत कम हो । यस साता दैनिक औसत सेयर संख्या १४.७३ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार संख्या ८.९१ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ८६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ८ अर्ब बढेर ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १०.३९ प्रतिशत बढेको छ । गत साता २७४९ दशमलव २३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २८५ दशमलव ७५ अंक बढेर ३०३४ दशमलव ९८ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २९८ दशमलव ४४ अंक बढेको छ ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत घटेको छ । गत साता ६७४८ दशमलव ९५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९४ दशमलव ६५ अंक घटेर ६५५४ दशमलव ३० विन्दुमा झरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal