काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा समायोजन गर्ने भएको छ ।
बैंकले गुल्मीको तम्घास हस्पिटल लाइन शाखा र तम्घास शाखा मर्ज गर्न लागेको हो ।
यी शाखा मर्ज भएपछि तम्घास शाखा कायम हुने छ । यी शाखाको दुरी ५०० मिटर रहेको छ ।
रेसुंगा नगरपालिका स्थित रहेका शाखा कार्यालयहरु असार ३० गते देखि एक आपसमा समायोजन / एकीकरण गरि कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।
समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालय (तम्घास शाखा) मार्फत सम्पूर्ण बैंकिङ्ग सेवा-सुविधाहरु उपयोग गर्न सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्