काठमाडौं। बेइजिङ् स्थित नेपाली दूतावास र चाइना सरकारको चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले बेइजिङ्म आयोजना गरेको नेपाल चाइना इन्भेष्टमेन्ट एण्ड ट्रेड समिटमा सहभागी चाइना र नेपालका उद्यमी व्यवसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनशक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लागि नीति तथा साइवर सुरक्षामा सहकार्यमा जोड दिएका छन् ।
व्यावसायिक क्षेत्रको अग्रणी बिजनेस कन्सल्टेन्सी साझेदार नेपाल बिजनेस इन्ष्ट्रिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष विशाल गैरेले चिनिया लगानीकर्तालाई एआई र डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गर्दै एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सार्वजनिक सेवा र आर्थिक विकासमा उल्लेखनीय प्रगति हुने दाबी गरे । नयाँ सरकार बनेसँगै स्थिर सरकार र स्थिर नीति बन्द गएकाले नेपालको प्रचुर सम्भावनामा लगानी बढाउन आह्वान गरे । उच्च गतिको इन्टरनेट पहुँच, डाटा सेन्टर र क्लाउड पूर्वाधार, डिजिटल साक्षरता, साइवर सुरक्षा, एआई नीति र कानुनी व्यवस्था, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको विकास र डिजिटल अर्थतन्त्रबारे म्याचमेकिङ् सेसनमा अध्यक्ष गैरे प्रस्तुति दिए ।
चीनस्थित एम्बासडर रिसिप्सनले समन्वय गरेको सोही कार्यक्रममा चीनका लागि नेपाली दूतावास की कार्यवाहक राजदूत रोशन खनालले नीतिगत कठिनाइहरूको सम्बोधन र एफडिआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनिया व्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी गराए। नेपालको पछिल्लो तथ्याङ्क चीन नेपालमा एफडिआईमार्फत सबैभन्दा बढी लगानी गर्ने देश भएको उनको भनाई छ । नेपालमा लगानीको अवसर तथा नीतिगत व्यवस्थाबारे दुतावासी आर्थिक मामिला हेर्ने प्रमुख पार्वती अर्यालले लगानी सहजीकरणबारे प्रस्तुति दिए । नेपालमा गएका एफएनसिसिआई, नियार्त व्यवसायी महासंघलगायतका संस्थाहरूले ऊर्जा, पर्यटन, निर्यात उद्यम, कृषि, स्वास्थ्य क्षेत्रलगायत विभिन्न व्यवसायको बारेमा विभिन्न प्रस्तुति र बिटुबी म्याचमेकिङ् कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्