Skip to content

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा निधन भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बताए ।

उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको थियो ।

उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमा इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi