काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले सरकारको नीतिका कारण मुगुका २५ बर्षीय गणेश नेपालीको निधन भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले राज्यको नीतिका कारण गणेश नेपालीले आत्मदाह गरेको बताए ।
उनले बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई यो शहर गरिबको हो की अर्बपतिको मात्रै हो ? भनेर प्रश्न गरे । उनले अर्बपतिलाई सरकार नचाहिने तर, गरिबलाई सरकार चाहिँदैनेमा सरकारको गरिबका लागि हुन नसकेको समेत दाबी गरे ।
अहिले यो सरकार गरिबका लागि नभएको उनको दाबी छ । उनले शहरमा पैसा नहुनेको जीवनको अर्थ नभएको समेत गुनासो गरे ।
उनले बालेन शाह मेयर हुँदा देखि नै गरिब जनता शहरमा बस्ने अवस्था नरहेको र अहिले त्यसैको पुनरावृति भइरहेको उल्लेख गरे । उनले सरकारले नजतासँग यूरोप भन्दा धेरै कर तिने र सेवा सोमालियाको जस्तो रहेको दाबी गरे ।
४० प्रतिशत कर तिर्ने नेपालले शिक्षा, स्वास्थ्य, पार्किङ केही सुविधा नपाएको दाबी गरे ।
उनले बैठकमा गृहमन्त्री सुधन गुरुङलाई तपाई कन्टेन्ट क्रियटर हो की गृहमन्त्री हो भन्दै प्रश्न गरे । “क्यामेरा लिएर गृहमन्त्री अस्पताल र विमानस्थल पुुगे” उनले भने “उहाँले स्टन्ट देखाउनु भन्दा सुविधासम्पन्न अस्पताल दिल्लीमा लगेको भए बाँच्ने थियो । गृहमन्त्री कन्टेन्ट क्रियटर बन्दा ज्यान गयो” उनले भने । उनले गृहमन्त्रीलाई देशप्रति काम गर्न, कन्टेन्ट क्रियटर नबन्न आग्रह गरे ।
उनले २०७९ सालमा संसद भवन अगाडी बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्य र गणेश नेपालीलेको चाहना एकै भएको बताए । दुवै जना देशमा केही गर्न पाउ भन्ने भएको जानकारी गराए । “सरकार फेरियो, कुर्सी फेरियो । प्रवृति फेरिएन । जनता मार्ने होइन बाँच्ने नीति चाहियो” उनले भने “मेयर हुँदाको परिणाम देखियो । गरिबको आँसु पुछिदे सरकार ।”





प्रतिक्रिया दिनुहोस्