Skip to content

श्रम कार्यालयहरूद्वारा देशभरका प्रतिष्ठानमा निरीक्षणस् सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकमा कडाइ

काठमाडौं । युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन अवस्थाबारे आकस्मिक निरीक्षण गरेका छन् ।

मिति असार २५ मा गरिएको यस निरीक्षणका क्रममा अधिकांश प्रतिष्ठानहरूमा सामाजिक सुरक्षा कोष (एसएसएफ)मा आबद्धता र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कमजोरी देखिएको छ। काठमाडौँका नेपाल भारत मैत्री अस्पताल, चिरायु पोलीक्लिनिक र भेनस अस्पतालमा गरिएको निरीक्षणमा कामदारहरूलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ ।

त्यस्तै, ललितपुरको आमप्रस इन्डस्ट्रिजमा प्रकाशको मापदण्ड न्यून रहेको र सुरक्षा उपकरण (पिपिई) को प्रयोग गर्न निर्देशन दिइएको छ।पोखरा कार्यालयले तनहुँको शुक्लागण्डकी क्षेत्रका दर्जनौँ सहकारी, डेरी र एकेडेमीहरूको निरीक्षण गरेको छ ।

निरीक्षण गरिएका रोयल बचत तथा ऋण सहकारी, माउन्ट अन्नपूर्ण एकेडेमी लगायतका संस्थालाई श्रम अडिट पेस गर्न र कर्मचारीसँग रोजगार सम्झौता गर्न भनिएको छ । बुटवलमा रहेका लुम्बिनी डेरी र शुभ ओम कम्पनी ९पौवा होटल० लाई नियुक्ति पत्र दिन र ओभरटाइम (ओटी) बापतको थप सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ।

नेपालगन्जको युरो बेबी जोन स्कुलमा पनि न्यूनतम पारिश्रमिक लागू गर्न निर्देशन दिइएको छ। झापाको कञ्चनजंघा मोडेल हस्पिटल र लिटल फ्लावर स्कुललाई १५ दिनभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुन र श्रम अडिट पेस गर्न निर्देशन दिइएको छ।

विराटनगरमा युरो कार्डियो र आरके चिल्ड्रेन हस्पिटलको निरीक्षण गरी सबैलाई नियुक्ति पत्र दिन भनिएको छ। निरीक्षणका क्रममा श्रम कार्यालयहरूले मुख्य गरी कर्मचारीहरूको रोजगार सम्झौता, श्रम अडिट, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य (ओएसएच) नीति र न्यूनतम पारिश्रमिकको अनिवार्य कार्यान्वयनमा जोड दिएका छन्।

यस निरीक्षणले श्रम बजारमा श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्न सरकारी निकायहरू सक्रिय रहेको देखाएको छ। कुल २८ वटा प्रतिष्ठानहरूमा गरिएको यस निरीक्षणले श्रम ऐनको पूर्ण पालनाका लागि दबाब सिर्जना गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi