काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साढे ६४ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार २० वाणिज्य बैंकले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन ।
चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल बैंक नबिल बैंक रहेको छ । यस बैंकले यस अवधिसम्म आउँदा ८ अर्ब ४९ करोड २२ लाख नाफा आर्जन गर्न सफल भएको छ । यसैगरी, नाफा धेरै कमाउने दोस्रो बैंक ग्लोबल आइएमई बैंक रहेको छ भने तेस्रो बैंकमा कुमारी बैंक रहेको छ ।
ग्लोबल आइएमई बैंक र कुमारी बैंकले क्रमशः ५ अर्ब ९७ करोड ८३ लाख र ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक एनआईसी एसिया बैंक रहेको छ। यस बैंकले यस अवधिसम्म आउँदा ५ करोड ७७ लाख रुपैयाँमात्र नाफा आर्जन गर्न सफल भएको छ।
यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् । यता प्राइम कमर्सियल बैंकले ३ अर्ब ७४ करोड ९४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ र सानिमा बैंकले ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।
यसैगरी, लक्ष्मी सनराइज बैंकले २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ८० करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २ अर्ब १७ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५० करोड ४८ लाख रुपैयाँ र हिमालयन बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्