Skip to content

विकास बैंकको नाफा ७ अर्ब ३२ करोड, सबैभन्दा धेरै गरिमाले कमाउँदा ४ बैंक घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विकास बैंकहरूले कुल ७ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नाफा कमाउने विकास बैंक गरिमा विकास बैंक बनेको छ।
गरिमा विकास बैंकले समीक्षा अवधिमा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि मुक्तिनाथ विकास बैंक र साइन रेसुङ्गा विकास बैंक क्रमशः १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ र १ अर्ब १ करोड ९४ लाख रुपैयाँ खुद नाफासहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी तीन बैंकबाहेक अन्य सबै विकास बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा कम रहेको छ।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउने विकास बैंक कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। यस बैंकले जेठ मसान्तसम्म ३ करोड ७५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।
यता, चार विकास बैंक भने घाटामा रहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु विकास बैंक समीक्षा अवधिमा नोक्सानीमा रहेका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T