Skip to content

माछापुच्छ्रे बैंकद्वारा १९ क्रेडिट कार्ड ऋणीलाई ३५ दिने सूचना, बक्यौता रकम भुक्तानी नगरे कालोसूचीमा राखिने

काठमाडौं । माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड कर्जा समयमै चुक्ता नगरेका १९ जना ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सार्वजनिक सूचना जारी गरेको छ।

बैंकले प्रकाशित सूचनाअनुसार पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि सम्बन्धित ऋणीहरूले क्रेडिट कार्ड कर्जाको साँवा, ब्याज, किस्ता तथा हर्जाना ब्याजलगायतका दायित्व भुक्तानी नगरेकाले ३५ दिने सार्वजनिक सूचना जारी गरिएको हो।

बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न आग्रह गरेको छ।

निर्धारित अवधिभित्र कर्जा भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, प्रचलित कानून तथा बैंकसँग भएको कर्जा सम्झौताअनुसार सम्बन्धित ऋणीको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने तथा बैंकको बाँकी रकम असुलीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

सूचनामा विभिन्न शाखाबाट जारी भएका क्रेडिट कार्ड कर्जाका १९ जना ऋणीहरूको नाम, ठेगाना, नागरिकता विवरण तथा सम्बन्धित शाखा कार्यालयसमेत उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T