काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा एक बालकसहित २ महिना धर्नामा बसेका छन् ।
आज गृह मन्त्रालय जान खोज्दा रोकेको भन्दै गेटमा धर्ना बसेको बताएका छन् । धर्नामा बस्नेमा निहारिका राजपुत उनको नाबालक छोरा र बिनु यादव रहेका छन् ।
उनीहरु गृह मन्त्रालय जाने तयारीमा रहेका र त्यसका लागि आफुहरुसँग पास समेत रहेको जनाएका छन् । उनीहरुले आफुसँग पास हुँदा पनि रोकेको भन्दै प्रहरीसँग आक्रोशित बनेका छन् ।
त्यसलगत्तै पानी परिरहेको समयमा राजपुत सडकमा छोरा लिइर बसिन भने बिनु सडकमै सुतेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्