Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार 

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा झरेको हो ।
सोमबार नेप्से सूचक घटेको भएता पनि कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६.८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था सेयर मूल्य बढेको छ । सो लघुवित्तको सेयरमूल्य यस दिन ५.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ११.२८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७÷८८ शीर्ष स्थानमा रहेको छ। यस दिन ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ। आज वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi