Skip to content

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको छ।
आजको बजारमा सुनको मूल्य तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको  बजारमा सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबारको बजारमा चाँदी तोलाको ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबारको बजारमा चाँदी तोलाको ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi