काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका (सीईओ) दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।
पाण्डेकी आमा इन्दिरा पाण्डेको आज बिहान ९१ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
इन्दिरा लामो समयदेखि श्वासप्रश्वास लगायत रोगबाट पीडित थिइन् । इन्दिराको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्