Skip to content

चौबीस घण्टामा सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ ।

सोमबार बिहान ८:४५ बजेदेखि आज बिहान ८:४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालित: ४५ र स्वचालित: २९०) मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ ।

केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा भएको छ ।

विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले सोमबार रातिदेखि न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै गरेको जानकारी दिनुभयो । काठमाडौँलगायत अन्य क्षेत्रमा भइरहेको लगातारको झरी सोमबार रातिदेखि रोकिएको र आजको मौसम सोमबारभन्दा केही घमाइलो र तातो हुने उहाँको भनाइ छ । उपाध्ययका अनुसार सप्तकोशी तथा नारायणी नदी वरिपरि डुबानको जोखिम आज मध्याह्नसम्म रहने छ ।

विभागका अनुसार अहिले चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi