Skip to content

सेयर लगानीकर्ता सेबोनको गेटमा आन्दोलन गर्दै, अध्यक्ष डा. भट्ट अर्थ मन्त्रालयमा, आज समस्या समाधान नभए भोली सबै ब्रोकर बन्द गर्ने

काठमाडौं । सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा आन्दोलन गरिरहेको समयमा बोर्ड अध्यक्ष डा. गोपाल भट्ट भने अर्थ मन्त्रालयमा पुगेका छन् ।

बजारमा लगातार गिरावट आएपछि लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोनमा पुगेका छन् । उनीहरु बोर्डमा आन्दोलन गरिरहेको समयमा अध्यक्ष भट्ट भने अर्थमन्त्रालय रहेका छन् ।
आजै क्यापिटल मार्केट रेस्क्यु प्लान आजै सार्वजनिक गर्न कोइरालाले माग गरेका छन् ।

आज यो समस्या समाधान नभएको खण्डमा भोली सबै ब्रोकर बन्द गर्ने दाबी गरेका छन् । सेबोनमा प्रहरीले रोकेको भएपनि ९४ वटा ब्रोकरमा प्रहरीले रोक्न नसक्ने उनको भनाइ छ ।

कोइरालाले माग पुरा नगरेको खण्डमा भोली ब्रोकरका कर्मचारीलाई समेत भित्र पस्न नदिने बताए । अध्यक्ष डा‍ भट्टले लगानीकर्ताको माग आजै सम्बोधन गर्ने आश्वासन दिएको कोइरालाको भनाए छ ।

सेबोन परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई रोकेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi