काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म निक्षेप ७ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँले बढेर ८० खर्ब १२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ प्रतिशत (५खर्ब १७ अर्ब ६० करोड) ले बढेको थियो । २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढेको छ ।
जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश: ६.९ प्रतिशत, ४६.६ प्रतिशत र ३७.३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको थिया ।
जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.७ प्रतिशत रहेको छ । २०८२ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३५.५ प्रतिशत रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्