काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले उनलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा आस्था भट्टलाई नियुक्त गरेका हुन् ।
बैंकमा नियुक्त भएकी भट्ट इन्सिच्युड अफ इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिजकी कार्यक्रम विशेषज्ञ हुन् । अर्थमन्त्री बन्नु अघिसम्म पनि स्वर्णिम वाग्ले सोही संस्थामा चेयरम्यान एमिरेटस थिए ।
नियुक्त भएकी भट्ट हाल बैंकको दोस्रो वरियताको सञ्चालकको रूपमा रहेकी छिन् । पहिलो वरीयतामा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल छन् । अब सञ्चालकहरू मध्येबाट एक जना बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेछन् ।









प्रतिक्रिया दिनुहोस्