Skip to content

हामीले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेका छौँः महानगर प्रहरी प्रमुख जोशी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेको जानकारी दिएको छ । नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी सो जानकारी दिए ।

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो । नेपालीको मृत्यु प्रकरणपछि सडकमा नगर प्रहरीको उपस्थिति नदेखिएको र अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापार गर्नेलगायतको समस्याले महानगर क्षेत्र अस्तव्यस्त बनेको भन्ने गुनासो आइहरेका बेला जोशीले यस्तो जानकारी दिएका हुन ।

‘रिर्जभ फोर्स बाहेकका नगरप्रहरीलाई हामीले नियमित रुपमा ड्युटिमा खटाएका छौँ,’ उनले भने, ‘नहुनु पर्ने अप्रिय घटना भयो । हामी त्यसप्रति स्तव्ध छौँ । हामी मृतकप्रति हार्दिक श्रद्धाञ्जलि र परिवारप्रति समवेदना प्रकट गर्छौ । यद्यपि, नगरवासीको सेवामा खट्नु पर्ने हाम्रो दायित्व हो । स्थानीय र आममहानगरवासीको भावनाको कदर गर्दै सहरी सुव्यस्था कायम गर्न हामी कटिवदद्ध भएर लाग्छौँ । हामी हाम्रो दायित्वबाट बञ्चित हुँदैनौँ । हामीले अहिले नियमित रुपमा नगरप्रहरीलाई फिल्डमा परिचालन गरिसकेका छौँ ।’

नेपालीको मृत्युपछि उनले र उनको परिवारलाई महानगरपालिकाले नियम–कानुनको परिधि भित्र रहेर दिनुपर्ने न्यायका लागि कटिवद्ध भएर निरन्तर लागि रहने पनि प्रतिवद्धता व्यक्त गरे। ‘हामी आन्तरिक विषयलाई न्यायोचित ढंगले समाधान गर्दै अघि बढ्छौँ,’ उहाँले भन्नुभयो, ‘तर, बजार तथा सवारी पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने, विपद व्यवस्थापनसम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापनासम्बन्धी कार्य गर्ने जस्ता महानगर प्रहरीको काम, कर्तव्य र अधिकार क्षेत्रलाई आत्मसाथ गर्दै नियमको पालनासहित जनसेवामा हामी निरन्तर समर्पित रहिआएका छौँ र निरन्तर रहिरने छौँ ।’

उनले वर्खासँगै बाढी, ढुबानलगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले नगरप्रहरीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको पनि जानकारी दिए । अहिले न्युरोडलगायतका क्षेत्रमा नगरप्रहरी नियमित ड्युटिमा रहेको पनि उनले उल्लेख गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi