Skip to content

सेबोनको नीति तथा कार्यक्रममा ८ प्राथमिकता, कडा निगरानीदेखि नयाँ बेन्चमार्क इन्डेक्ससम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गरेको छ।

बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धितोपत्र बजारलाई थप पारदर्शी, विश्वसनीय र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित कडा नियामकीय निगरानीदेखि नयाँ बेन्चमार्क सूचकाङ्क विकाससम्मका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

सेबोनले धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने, इनसाइडर कारोबार, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा सामाजिक सञ्जालमार्फत बजार प्रभावित गर्ने गतिविधिविरुद्ध कडा नियामकीय निगरानी गर्ने जनाएको छ।

सार्वजनिक निष्कासन (आईपीओ)लाई थप व्यवस्थित बनाउन कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको वस्तुपरक अध्ययनपछि मात्रै अनुमति दिने व्यवस्था गरिने पनि बोर्डले जनाएको छ।

मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै बोर्डले यसको कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाएको छ।

सूचीकरणपछिको कारोबारमा माग–आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (म्युचुअल फन्ड)को लक–इन अवधि तथा बाँडफाँट सम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिनेछ। साथै लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कसमेत पुनरावलोकन गरिने नीति लिइएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi