Skip to content

मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।

बजेट विवाद आएपछि मन्त्रीलई बर्खास्त गरेको बताइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन् ।

बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले मन्त्रीहरूलाई पदमुक्त गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा नेपाली कांग्रेस र एमालेबीच विवाद बढिरहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi