काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर निष्काशन गर्नुपर्ने सीमा तथा सेयर बाँडफाँट सीमा पुनरावलोकन गर्ने भएको छ ।
सेबोनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ ।
बोर्डले संगठित संस्थाको सार्वजनिक निष्काशन व्यवस्थालाई थप पारदर्शी एंव व्यवस्थित बनाउन उक्त नीति लिन लागेको जनाएको छ ।
यसले प्राथमिक बजारमा सुधार आउने बोर्डले जनाएको छ ।
यस्तै प्रारम्भिक सार्वजनिक निष्काशनमा संस्थागत लगानीकर्ताको प्रवेश सम्बन्धमा व्यवस्था गर्ने र वित्तीय विवरणको पुनरावलोकन तथा जाँचबुझ आवश्यक देखिएमा बाह्य विज्ञबाट समेत गराउने भएको छ ।
यस्तै प्रारम्भिक सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन दिएपश्चात संगठित संस्थाको सेयरधनी थप गर्न नपाउने तथा नयाँ सेयरधनी थपेको अवस्थामा निश्चित अवधि पुगे पछि मात्रै सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।









प्रतिक्रिया दिनुहोस्