Skip to content

वन्यजन्तु जोखिम केन्द्रित बीमालेख साउन १ देखि लागू हुने, कति लाग्छ बीमशुल्क ?

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका साथै वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरुले बीमा मार्फत वन्यजन्तुबाट हुने क्षतिको रक्षावरण गर्ने व्यवस्था गर्न माग भएको थियो । वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा आवद्ध गरी व्यवस्थापन गर्दा प्रभावकारी हुने देखिएकाले प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख स्वीकृत गरेको जनाएको छ ।
बीमालेख तयार गर्दा प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विभिन्न राष्ट्रिय निकुञ्ज तथा आरक्षका पदाधिकारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र वन उपभोक्ता समितिका प्रतिनिधि, वन्यजन्तु विज्ञ र वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरूसँगको छलफल गर्नुका साथै  सुझावहरू लिइएको प्राधिकरले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त तथ्याङ्क अनुसार, निकुञ्ज तथा आरक्षका मध्यवर्ती क्षेत्र र अन्य क्षेत्रमा वन्यजन्तुबाट मानवीय, भौतिक सम्पत्ति, कृषिबाली तथा पशुधनहरूमा हुने क्षतिका कारण नेपाल सरकारले प्रत्येक वर्ष १५ करोडभन्दा बढी राहत स्वरुप वन्यजन्तु प्रभावितहरूलाई वितरण गर्ने गरेको जनाएको छ ।
विगत ५ वर्षको अवधिमा सरकारले करिब ७८ करोड वन्यजन्तु प्रभावितहरूलाई राहत स्वरुप वितरण गरेको तथ्याङ्क रहेको छ ।
प्राधिकरणबाट इजाजतप्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख जारी गर्न सक्नेछन् । वन्यजन्तु जोखिम केन्द्रित बीमालेखका मुख्य मुख्य विशेषताहरूमा वन्यजन्तु जोखिम केन्द्रित बीमालेख एकीकृत हुने र बीमालेखको अवधि एक वर्षको हुने, वन्यजन्तु जोखिम केन्द्रित बीमालेखले रक्षावरण गर्ने विषय, सोको अधिकतम बीमाङ्क रकम र बीमाशुल्क  रहेको छ ।
यस्तै वन्यजन्तु जोखिम केन्द्रित बीमालेखले रक्षावरण गरेका जोखिममध्ये बीमा अवधिभित्र सबै जोखिम एकैसाथ नभएको अवस्थामा समेत बीमालेखको अवधिभर उक्त बीमालेख जारी रहने, कृषि प्रयोजनका लागि पालन गरिएका पशुधनको मात्र बीमालेखले रक्षावरण गर्ने, घर तथा भौतिक संरचना वा पशुधन थपघट वा स्वामित्व परिवर्तन भएमा बीमितले बीमकलाई सोको जानकारी दिनुपर्ने र बीमकले उक्त बीमालेख नयाँ धनीको नाममा नि:शुल्क नामसारी गरिदिनुपर्ने उल्लेख छ ।
बीमित स्थायी/अस्थायी  पूर्ण अशक्त भएको कुरा मान्यताप्राप्त चिकित्सकबाट प्रमाणित हुनुपर्ने, बीमालेखले बीमालेख अवधिभित्र बीमितले लगाएका कृषिबालीको बीमाङ्क रकमको सीमासम्म रक्षावरण गर्ने,बीमितले क्षतिको विवरण सुरक्षितसाथ राख्नुपर्ने र सर्जमिन मुचुल्का तयार भएपश्चात् मात्र क्षतिको विवरण क्षति भएको स्थानबाट हटाउन सक्ने, बीमितबाट बीमालेख हराएको अवस्थामा समेत बीमकले दाबी भुक्तानीमा सहजीकरण गर्नुपर्ने रहेको छ ।
दुर्घटनाका कारण बीमित व्यक्ति वा परिवारका सदस्यको मृत्यु भएको अवस्थामा बीमाङ्क रकमको सीमाभित्र रहने गरी बीमकले घटना भएको सात दिनभित्र शव व्यवस्थापन तथा काजक्रिया खर्च वापत. ५० हजार भुक्तानी दिनुपर्ने, बीमकले मानव मुत्यृ दाबी भुक्तानी बाहेक अन्य दाबीमा पाँच प्रशितशत रकम कट्टा गरी दाबी भुक्तानी गर्नुपर्ने, वन्यजन्तुको आक्रमणबाट बीमितले बसोवास गर्ने प्रयोजनका लागि तयार गरिएका पक्की, कच्ची, फुस, टिन वा माटोको घर तथा सोको परिसरभित्र रहेका गोठ, भान्साघर, शौचालय, पर्खाल जस्ता संरचनाहरूमा क्षति भएमा अधिकतम् बीमाङ्कसम्म रक्षावरण हुने रहेको छ ।
वन्यजन्तुको आक्रमणबाट दुर्घटना वा क्षति भएमा बीमितले बीमकलाई क्षति भएको समयले ४८ घण्टाभित्र जानकारी गराउनुपर्ने, बीमकले दाबी सम्बन्धी जानकारी वा सूचना प्राप्त भएपछि तत्काल दाबी प्रक्रिया प्रारम्भ गर्नुपर्ने, वन्यजन्तुहरू : हात्ती, गैंडा, बाघ, भालु, चितुवा प्रजाति, स्याल, मृग प्रजाति, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसारबाट हुने जोखिमको रक्षावरण बीमालेखले गर्ने रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi