Skip to content
Prabhu

प्रि ओपन सेससमा करिब १६ अंकले बढ्यो नेप्से

 

काठमाडौं । साताको पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १ दशमलव ९३ अंक घटेर २०७९ दशमलव ७८ विन्दुमा बन्द भएको नेप्से आइतबारको प्रि ओपन सेसनमा १५ दशमलव ९२ अंक बढेर २०९३ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आइतबारको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ४ दशमलव ०५ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ७२ स्टकको ११९ पटकको कारोबारमा ३० लाख ७३ हजार ८१९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५६८ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ । बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal