Skip to content

सेयर धितो कर्जामा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था: प्रोडक्ट पेपर बनाउनु पर्ने, मुख्य ६ आधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नयाँ व्यवस्था ल्याएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सेयर धितो कर्जामा नयाँ ब्यवस्था ल्याएको हो ।

नयाँ व्यवस्थाअनुसार एउटा प्रोडक्ट पेपर तयार पार्नुपर्नेछ ।

निर्देशनअनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि इजाजतपत्रप्राप्त संस्थाले प्रोडक्ट पेप बनाउँदा कम्तीमा देहायका विषय समावेश गरी संस्थाको सबलता मूल्यांकन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ ।

सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा मूल्य अनुपातमा बढीमा १० प्रतिशत विन्दुसम्म थप गर्न सकिने गरी विधि निर्धारण गर्नुपर्नेछ ।

यस्तै चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए/नभएको र यस्तो प्रोडक्ट पेपर इजाजतपत्र प्राप्त संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi