Skip to content

बैंक तथा वित्तीयमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजमसान्त भित्र अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय परिचयपत्र प्रयोगलाई बाध्यकारी बनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले २०८३ असोजमसान्त भित्र मोबाईल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा असोजमसान्त भित्र मोबाईल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिई अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाईल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६ महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi