काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार आएको छ ।
बजारमा अन्तिम समयमा केही सुधार देखिएको छ । अन्तिम ५ मिनेटमा बजारमा १५ अंकको सुधार आएको हो । समग्रमा बजार ७.५० अंकले बढेर परिसूचक २५९७.८० बिन्दु कायम भएको छ ।
कारोबारमा ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १२० कम्पनीको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीबन बीमा, अन्य र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा फस्र्ट माइक्रोफाइनान्स, चिरख्वा हाइड्रोपावर, पियोर इनर्जी, माईखोला हाइड्रोेपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, भुजुङ हाइड्रो, स्वेतगंगा हाइड्रो लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।





प्रतिक्रिया दिनुहोस्