काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ ।
यसअघि दर्ता भएको दीपक भट्टसमेतको मुद्दामा थप अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो । आरोपपत्रमा विष्णु प्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनि विरुद्ध मुद्दा दायर गरिएको हो ।
विभागले पौडेलविरुद्ध २० करोड ९० लाख बिगो कायम गरेको छ । साथै, उनको एभरेष्ट बैंक लिमिटेडको खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्न मागदाबी गरेको छ ।
पौडेल असार ८ गते सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाट पक्राउ परेका थिए ।





प्रतिक्रिया दिनुहोस्