Skip to content

आजदेखि सेयर बेच्दा बढेको नयाँ लाभकर लागू, अब कति तिर्नुपर्छ ?

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ ।

नयाँ आर्थिक वर्ष सुरुभएसँगै सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नयाँ करका दर लागू भएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत सेयर बजारमा लाग्दै आएको कर पनि बढाएको छ ।

नयाँ करका दर अनुसार दीर्घकालीन (एक वर्षभन्दा पछि बिक्री) सेयर कारोबारीले ७.५ प्रतिशत कर तिर्नुपर्ने छ । यस्तै अल्पकालीन (एक वर्षभन्दा अघि) कारोबारीले भने १० प्रतिशत कर तिर्नुपर्ने छ । यसअघि

दीर्घकालीन कारोबारीका लागि ५ प्रतिशत र अल्पकालीन कारोबारीका लागि ७.५ प्रतिशत लाभकर लाग्दै आएको थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो करलाई अन्तिम लाभकर मानिने जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi