Skip to content

केही व्यक्तिलाई लक्षित गरेर योग्यता नराखौँ, सञ्चालक योग्यता, संख्या ठिक छ: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको हालको संरचना, सदस्य संख्या र सञ्चालकको योग्यता उपयुक्त रहेको भन्दै त्यसलाई अनावश्यक रूपमा परिवर्तन गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा गभर्नर पौडेलले सञ्चालक समितिमा धेरै सदस्य हुँदा निर्णय प्रक्रिया जटिल बन्ने भएकाले हालको व्यवस्था प्रभावकारी रहेको बताए। “सञ्चालक समितिको संख्या र सञ्चालकको योग्यता ठीक छ। राम्रोसँग चलेको व्यवस्था चलाउनु पर्दैन,” उनले भने।
उनले अर्थ मन्त्रालयका सचिवको भूमिका पनि उपयुक्त रहेको उल्लेख गर्दै त्यसले कामकारबाही सञ्चालन गर्न सहज भएको बताए। गभर्नर पौडेलले भ्नछन्, “जहाँ प्रणाली राम्रोसँग चलेको छ, त्यहाँ अनावश्यक परिवर्तन गर्नु उचित हुँदैन। धेरै सञ्चालक हुँदा निर्णय लिन कठिन हुन्छ।” उनले गभर्नर र डेपुटी गभर्नरको योग्यता सम्बन्धी व्यवस्थाबारे भने थप छलफल आवश्यक रहेको बताएका छन् । उनले कुनै एक वा दुई व्यक्तिलाई अनुकूल हुने गरी योग्यता निर्धारण गर्न नहुनेमा जोड दिए।
“गभर्नर र डेपुटी गभर्नरको योग्यता परिवर्तन गर्ने विषयमा विचार गर्न सकिन्छ। तर एक–दुई जनालाई अनुकूल हुने गरी योग्यता राख्नु हुँदैन,” उनले भने। उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव तथा प्राध्यापकजस्ता पदहरू आफैँमा पर्याप्त योग्यता भएको उल्लेख गर्दै त्यस्ता अनुभव र दक्षतालाई सम्मान गर्नुपर्ने बताए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi