काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकमा गभर्नरको संख्या, सञ्चालक समितिको संख्या, योग्यता जस्ता विषय अर्थ समितिमा छलफल गरेर टुङ्ग्याउनु पर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा आज नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो बताए ।
राष्ट्र बैकमा डेपुटी गभर्नर कति जना राख्ने, सञ्चालकको संरचना कस्तो हुनेलगायत विषय समितिमा हुने लफलफबाट टुङ्ग्याउनुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर पार्ने कुनै पनि उद्देश्य सरकारको नरहेको पनि स्पष्ट पारे ।









प्रतिक्रिया दिनुहोस्