Skip to content

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनीत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनीत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरू नारायणप्रसाद ढकाल (काठमाडौँ) र अर्चना थापा (ललितपुर)लाई मनोनयन गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४दफा, ८ (१) (ख)  बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादुर चित्रकार (ललितपुर)लाई मनोनयन गरेका छन् ।

साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१०) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की)लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi