Skip to content
Prabhu

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री लामिछाने चयन

 

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा सावित्री खत्री लामिछाने चयन भएकी छन् । कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभापश्चात् बसेको सञ्चालक समितिको निर्णयअनुसार अध्यक्षमा लामिछानेलाई चयन गरेको हो ।

संस्थापक सेयरधनीबाट चयन हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फबाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशमबहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्नप्रसाद अधिकारी सञ्चालकमा चयन भएका छन् ।

सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैरकार्यकारी सञ्चालक रत्नप्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैरकार्यकारी सञ्चालक रेशमबहादुर खत्रीलाई नियुत्त गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal