Skip to content

सेयर बजार निरन्तर घटेपछि प्रधानमन्त्री शाह चिन्तित: आज नियामक निकाय, ब्रोकर, लगानीकर्तालाई भेट्दै

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुँदैछन् ।

यस्तै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागि हुने कार्यक्रम छ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुनेछ । सरकार गठन भएयता बजारमा निरन्तर गिरावट आइरहेको छ । बजारमा गिरावट आएपछि शाहले सम्बन्धीतलाई भेटन खोजेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T