Skip to content

नयाँ करका दर समायोजन लगायत कारण यातायात कार्यालयको सेवा साउन ८ सम्म प्रभावित हुने

काठमाडौं । साउन ८ गतेसम्म यातायात व्यवस्था विभागको सेवा प्रभावित हुने भएको छ ।

विभागले नयाँ करका दर समायोजन र डिजिटल प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन गर्न समय लाग्ने भएको कारण यो अवधिका लागि सेवा प्रभावित हुने जनाएको छ ।

प्रदेश सरकारबाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भई रहेको जनाएको छ । यो कार्य पूर्णरुपमा कार्यान्वयन हुन करिव १ हप्ता समय लाग्ने जनाएको छ ।

अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि ८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi