Skip to content

प्रधानमन्त्री शाहले नियामक, लगानीकर्ता र ब्रोकरलाई भेट्दा सेयर बजारमा हरियाली

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज करिब १ घन्टा नियामक निकाय, लगानीकर्ता, ब्रोकर एशोसिएसनका प्रतिनिधिसँग गरेको भेटको प्रभाव सेयर बजारमा परेको छ ।

आजको भेटमा प्रधानमन्त्री शाहले बजारको विकास गर्ने, लगानीकर्ताको मनोबल बढाउने आश्वासन समेत दिएको सहभागीहरुको भनाइ छ ।

प्रधानमन्त्री शाहले उनीहरुलाई भेट्ने समाचार सार्वजनिक भए लगत्तै बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । बजार मापन गर्ने सूचक ४१.७० अंकले बढेको छ । बजार मापन गर्ने सूचक २७१९.२४ बिन्दु् कायम भएको छ ।

३४३ कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यो दिन २३९ कम्पनीको मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi