Skip to content

सिप्रदी अटोपार्ट्सले च्यानल पार्टनर्सका दोस्रो पुस्ताका लागि उद्यमशीलता तालिम सुरु

काठमाडौं । टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै ‘च्यानल पार्टनर्स इन्टरप्रेनरसिप डेभलपमेन्ट २०२६’ कार्यक्रम सुरु गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन हुने विशेष उद्यमशीलता विकास तालिमको औपचारिक शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्थापित अटोपार्ट्स व्यवसायलाई निरन्तरता दिन, पुस्तान्तरणलाई सहज बनाउन तथा नयाँ पुस्ताका युवालाई स्वदेशमै उद्यमशीलताका अवसर पहिचान गर्न मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

पहिलो चरणमा ९ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायी सहभागी रहेका छन् । उद्घाटन सत्रमा सहभागी युवाहरूले तालिमप्रति आफ्नो अपेक्षा, व्यावसायिक दृष्टिकोण र भावी योजनाबारे धारणा राखेका थिए ।

कार्यक्रममा सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । उनीहरूले युवाहरू वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जानुभन्दा स्वदेशमै रहेर पारिवारिक व्यवसायलाई आधुनिक प्रविधि र नवीन सोचका साथ अघि बढाउन सके देशको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे ।

सिप्रदी अटोपार्ट्सले आगामी दिनमा तालिम कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्दै अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीलाई पनि समेट्ने योजना बनाएको जनाएको छ । कम्पनीले तालिममार्फत सहभागीलाई टाटा जेन्युइन पार्ट्सको बजार, वैज्ञानिक व्यवस्थापन, नाफा अभिवृद्धि र डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तारका विषयमा दक्ष बनाउने अपेक्षा गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi