Skip to content
Prabhu

शुभम पावर लिमिटेड र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । आइतबार सिटी होटल लिमिटेड र शुभम पावर  लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार हुने साताको पहिलो दिनको कारोबार भइरहँदा सिटी होटल लिमिटेड र शुभम  पावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो ।

दिउँसो सावा २ बजेको कारोबार भइरहँदा सिटी होटल र शुभम पावरको सेयर मूल्य अघिल्लो दिनको कारोबार भन्दा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । सिटी होटलको सेयर मूल्य ६४ रुपैयाँ ८० पैसाले बढेर ७ सय १२ रुपैैयाँ ८० पैसा पुगेको छ । त्यस्तै शुभम पावर लिमिटेडको सेयर मूल्य ७२ रुपैयाँले बढेर ७९२ रुपैयाँ पुगेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal