काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस कम्पनीले गत आर्थिक वर्षको चौथौँ त्रैमाससम्म आउँदा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तले १० करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।
लघुवित्तको खुदब्याज आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्ष २२ करोड ३६ लाख रहेको लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा १४ं३६ प्रतिशत घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको कुल सञ्चालन आम्दानी १३.९५ प्रतिशत घटेर १९ करोड ६९ लाख ३७ हजार पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी भने १.४३ प्रतिशत बढेर ५२ लाख ६६ हजार पुगेको छ। जसको कारण खुद नाफा बढ्न सहयोग पुगेको हो ।
असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ११ करोड ४१ लाख १९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको यस्तो नाफा ८ करोड ५४ लाख ३१ हजार रुपैयाँमात्र थियो ।
यसैगरी, कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड १२ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ९.८५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा ३.५२ रुपैयाँले बढेर १३.३७ रुपैयाँ पुगेको छ।
असार मसान्तसम्म कम्पनीको वितरणयोग्य प्रति सेयर आम्दानी ११.०४ रुपैयाँ रहेको छ। प्रति सेयर नेटवर्थ १३१.०७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्