Skip to content
Prabhu

सेयर बजारमा साढे ४ अंकको गिरावट, कारोबार रकम ५ अर्ब बढी

 

काठमाडौं । सेयर बजारमा आइतबार साढे ४ अंकले गिरावट आएको छ । सेयर बजार कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से ४ दशमलव ५९ अंकले घटेको हो ।

आइतबारको कारोबार बन्द हुदा सेयर बजार परिसूचक ४ दशमलव ५९ अंकले घटेर २०७३ दशमलव १९ विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ९७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आइतबार ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार सेयर बजारमा ५ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार ३१३ कम्पनीका १ करोड ४५ लाख २ हजार १२८ कित्ता सेयर ६९ हजार २२८ पटक खरिद बिक्री हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ अंकले घटेर ३६८ दशमलव १८ विन्दुमा पुगेको छ ।

आइतबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबार सिटी होटेल लिमिटेड, शिवम् पावर लिमिटेड, कुथेली बुखारी साना जलविद्युत लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal